बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनेता रणवीर सिंहका साथमा वैवाहिक जीवन बिताइरहेकी छिन् । विवाहअघि दीपिकाको अफेयरका बारेमा धेरै चर्चा भए । उनको नाम रणवीर कपुरसँग सबैभन्दा बढी जोडिएको थियो । उनी रणवीर (कपुर)सँग लामो समयसम्म प्रेमसम्बन्धमा समेत रहिन् ।

एउटा म्यागजिनलाई दिएको अन्तर्वार्तामा दीपिकाले संघर्षका दिनलाई पनि सम्झिएकी छिन् । उनले आफू डिप्रेसनको सिकार भएको बताएकी छिन् । उनले भनिन्, ‘एक शब्द, जसले मेरो डिप्रेसनको अनुभवलाई सबैभन्दा राम्रोसँग साँघु(याइदिन सक्छ, त्यो संघर्ष हो । मैले हरेक पल संघर्ष गरेँ ।’
अहिले दीपिका छपाक फिल्मको सुटिङमा व्यस्त छिन् । फिल्ममा उनले एसिड आक्रमणपीडित युवतीको भूमिका निभाउँदै छिन् ।