बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो समय कानुनी लफडामा फसेकी छिन् । सोनाक्षीमाथि धोका दिएको आरोप लागेको छ । हाल सोनाक्षीको एउटा भिडीयो भाइरल भइरहेको छ । भिडियोमा सोनाक्षीका हातमा हतकडी देखिन्छ । भिडियोसँगै सामाजिक सञ्जालमा ह्यासट्रयाग असली सोनाक्षी पक्राउ टे«न्डिङमा छ । सोनाक्षीले भिडियोमा भनेकी छिन्, “मैले केही पनि गलत गरेकी छैन । मलाई गिरफ्तार गर्न सक्नुहुन्न ।”

भिडियोमा उनको हातमा हतकडी लगाइएको छ । यस भिडियो विरल भयानीले सामाजिक सञ्जालमा सेयर गरेका छन् । सोनाक्षीलाई के कारणले गिरफ्तार गरियो, आधिकारिक जानकारी आइसकेको छैन । भिडियोको विश्वसनियतामाथि पनि प्रश्न उठ्न सक्छ । सन् २०१८ मा ३७ लाख भारु लिएर कार्यक्रममा सहभागी नभएर धोका दिएको आरोपमा सोनाक्षीविरुद्ध मुद्दा दर्ता भएको बेला भिडियो आएको छ । त्यसैले भाइरल भएको धेरैको अनुमान छ ।