झापा: झापाको ईलाका प्रहरी कार्यालय अनारमनीमा थुनुवा भेट्न आएका एक ब्यक्तिलाई प्रहरीले लागूऔषध र ब्लेडसहित पक्राउ गरेको छ ।

विर्तामोड नगरपालिका १ का २४ बर्षीय विशाल शाक्य मंगलवार राती पौने ९ बजे पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका जबरजस्ति करणी मुद्दाका थनुवालाई भेट्न आएको बेला उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले शाक्यलाई चेकजाँच गर्ने क्रममा १ थान ब्लेड, ०.१७ मिलिग्राम ब्राउन सुगर र ०.६९ मिलिग्राम गाँजा फेला पारेको जनाएको छ । लागुऔषधसहित पक्राउ परेका शाक्यलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।