भोजपुर : नेपाल एयरलायन्सको नयाँ जहाजको उडान परीक्षण सफल भएको छ । नयाँ विमान (वाई १२)ले भोजपुरसम्म उडान भरेको थियो ।
भोजपुरको टक्सार विमानस्थलसम्मको उडानमा नयाँ विमान सफल भएको हो । पाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार विमानस्थल अनुकूल पाइएको प्रतिक्रिया दिए । यो नयाँ जहाज १७ जनाको सिट क्षमताको रहेको छ ।
अहिले निगमको ट्वीनअटर जहाजले भोजपुर–काठमाडौँ बुधबारबाहेक हप्तामा छ दिन र भोजपुर–विराटनगर आइतबार र बिहीबार उडान भर्दै आएको छ ।






































































