बलिउड तथा दक्षिण भारतीय फिल्ममा जमेकी अभिनेत्री तमन्ना भाटियाको विवाहको समाचार फेरि सञ्चारमाध्यममा छाएको छ । टाइम्स अफ इन्डियाका अनुसार तमन्नाकी आमा रजनी छोरीका लागि दुलाहाको खोजीमा छिन् ।

तमन्नाले नै बाबुआमाले खोजेको केटासँग बिहे गर्ने सोच राखेपछि उनकी आमा दुलाहाको खोजीमा जुटेकी थिइन् । सन् २०१३ मा तमन्नाको नाम पाकिस्तानी क्रिकेटर अब्दुल रज्जासँग जोडिएको थियो । उनीहरूले एक ज्वेलरी पसलबाट सिक्री खरिद गरिरहेको तस्बिर भाइरल बनेपछि धेरैले दुईबीच विवाह हुन लागेको अड्कल काटेका थिए । सन् २००५ मा १५ वर्षको उमेरमै ‘चाँद सा रोसन चेहरा’ फिल्मबाट तमन्नाको बलिउड यात्रा सुरु भएको थियो ।

पहिलो चलचित्रबाटै अभिनयका लागि राम्रो समीक्षा पाएकी तमन्नालाई स्थापित गराउने काम भने तमिल तथा तेलगु फिल्मले गरे । आयन, पाइया, भिरमम, हन्डे«ड पर्सेन्ट लभ, थडाकालगायतका सफल तमिल तथा तेलगु फिल्म खेलेकी तमन्ना सन् २०१५ मा बाहुबली रिलिज भएपछि रातारात स्टार बनेकी थिइन् ।