सोनाक्षी सिन्हा अहिले बलिउडमा चलेकी हिरोइन हुन् ।आफ्नो डेब्यु फिल्म “दबंग” बाटै उनले ठुलो चर्चा पाइन् । तर, सलमान खान स्टार दबंगमा मौका पाउन उनले ठुलै संघर्ष गनुपरेको थियो ।

सोनाक्षीको तौलका कारण पनि उनी सफल हुन नसक्ने धेरैको अडकलबाजी थियो । जतिबेला फिल्मका लागि अफर आएको थियो, त्यतिबेला सोनाक्षीको तौल ९० किलो थियो । यस्तोमा सलमान खानले सर्त राखे, “म तिमीलाई मेरै फिल्मबाट डेब्यु गराउँछु । तर तिमिले तौल घटाउँनुपर्छ ।” सोनाक्षीका अनुसार त्यसयता उनले कडा मिहिनेत गरेर ३० केजी तौल घटाएकी थिइन् । “म खन्चवा थिए । तर, सलमानको अफरपछि खानामा नियन्त्रण गरे, यस्तो कसरी भयो भनेर मलाई धेरैले सोध्छन्,” उनले भनेकी छिन् ।सोनाक्षी चर्चित अभिनेता शत्रुधन सिन्हाकी छोरी हुन् । तर, अहिले बलिउडमा उनको बेग्लै पहिचान छ । उनी अभिनीत “मिस मंगल” फिल्म १५ अगष्ट रिलिज हुदैछ । सोनाक्षीले रावडी राठौर, सन अफ सरदार, दबंग २ लगायत हिट फिल्ममा अभिनय गरिसकेकी छिन् ।