बलिउड स्टार फिल्मका साथै सामाजिक सञ्जालमा गरिएका पोस्टका कारण पनि चर्चामा आउँछन् । धेरै फ्यान उनीहरूका स्टाटस कुरेर बसेका हुन्छन् । तर, नयाँ अध्ययनअनुसार सामाजिक सञ्जालमा जुन संख्यामा स्टारहरूका फलोअर्स छन्, वास्तविकता फरक छ ।

सेलेब्रिटीका झन्डै आधाजसो फलोअर्स नक्कली हुने गरेको इन्स्टिच्युट अफ म्युजिक पर्फमेन्टले गरेको नयाँ अनुसन्धानले देखाएको छ । बलिउड अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा, हलिउडका किम कादर्सियन, केटी पेरी, एरियाना ग्रान्डे र माइली साइरसजस्ता स्टारको सामाजिक सञ्जालमा जुन संख्यामा फलोअर्स छन्, वास्तविकता त्यसभन्दा फरक छ ।

अध्ययनअनुसार दीपिकाको इन्स्टाग्राममा ३७ दशमलव नौ मिलियन फलोअर्स छन्, त्यसमध्ये ४८ प्रतिशत नक्कली हुन् । त्यस्तै, प्रियंका चोपडाका ४३ दशमलव ६ मिलियन फलोअर्समध्ये ४६ प्रतिशत फलोअर्स नक्कली हुन् ।