मुम्बई : काश्मीर घटनामा एक्सन लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले चर्चाका शिखरमा छन् । तर उनलाई चर्चाको शिखरबाट तल ओराली दिएकी छिन् सनी लियोनले । गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म उनी भारतमा सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो नम्बर हासिल गरेकी छिन् ।

sunny

यस सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खानजस्ता स्टार पनि पछि परेका छन् । मणिपुर र असमबासीले सनीलाई सबैभन्दा बढी सर्च गरेका छन् । सनीले भनेकी छिन्, “मेरो टिमले खबर दिएपछि मलाई धेरै खुसी लागेको छ ।”