ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन् भन्नेमा शंका छैन । अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ, जसले उनलाई विशेष बनाउँछ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्यान्डसम म्यान इन द वल्र्ड अगस्ट २०१९’ को सूचीमा पहिलो नम्बरमा छन् । यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ ।

एक्सन, डान्सलगायत सबै विधामा ऋतिक उत्कृष्ट मानिन्छन् । केही समयअघि उनी अभिनीत सुपर ३० ले राम्रो व्यापार गरेको थियो । यसमा उनले गणितशास्त्री आनन्द कुमारको भूमिका निभाएका थिए । उनको नयाँ फिल्म वार अक्टुबर २ मा रिलिज हुँदै छ । एक्सन फिल्म वारमा ऋतिक र टाइगर श्राफ मुख्य भूमिकामा छन् ।