धरान : विष्णु मेमोरियल माध्यमीक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थी प्रतिक दाहालले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान लिएको ब्याचलर अफ इन्जिनियरिङको प्रवेश परिक्षामा नेपाल प्रथम हुन सफल भएका छन् ।

नेपालभरीबाट करिब १५ हजार विद्यार्थी सहभागी भएको प्रवेश परिक्षामा दाहालले नेपाल टप गरेपछि उनलाई स्कुलले सम्मान गरेको छ । उनलाई विष्णु स्कुलका प्लस टु कोअर्डिनेटर नविन शाक्यले अबिर फुलमालाले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै शाक्यले विष्णु मेमोरियल स्कुलको इतिहासमा नै यो ठूलो सफलता भएको बताए । ‘धरानबाटै नेपाल टप भएको हुनाले यो धरानका तथा पुर्बक्षेत्रकै लागी  गौरवको विषय हो'  उनले भने ।   विष्णु मेमोरियल स्कुल नेपालकै उत्कृष्ट स्कुल भएको प्रमाणित भएको भन्दै विद्यार्थीहरुलाई लगनशिलताको साथ अध्ययन गर्न सुझाए । 

bishu-3 कार्यक्रममा बोल्दै विद्यार्थी प्रतिक दाहालले आफुले प्लस टु पढ्दादेखि नै मेहनतका साथ अध्ययन गरेकोले आज सफलता हात लागेको बताए । दाहालले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई ११ र १२ कक्षाको प्रत्येक च्याप्टरहरु ध्यानपूर्वक अध्ययन गर्न सुझाव दिए । उनले काठमाडौमा रहेका उत्कृष्ट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुसँग बाहिरका विद्यार्थीले प्रतिष्पर्धा गर्न गाह्रो भएको तर असम्भव भने नरहेको बताए । उनले निरन्तर मेहनत गरे सफलता मिल्ने भन्दै विद्यार्थीहरुलाई मेहनत गर्न सुझाए ।