इटहरी: इटहरीमा जारी मूर्तिकला कार्यशाला गोष्ठीको समापन भएसँगै मूर्तिकला प्रदर्शनीको तयारी गरिएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको ४५ दिने मूर्तिकला कार्यशालामा प्रदेश १ का ३२ जनाले बनाएका मूर्ति प्रदर्शन गरिने प्रख्यात मूर्तिकार बिक्रम श्री ले बताए । उनले भने,‘हामीले यहि भदौ ९ गतेबाट २० गतेसम्म मूर्तिकला प्रदर्शनीको तयारी गरिरहेका छौं, यहाँ बनाइएका मूर्ति प्रर्दशनमा राख्ने तयारी गरेका हौँ ।’ उनका अनुसार प्रदेश १ को सोलु र पाँचथर बाहेकका १२ जिल्लाका ३२ जना सहभागी भएको र ४ जना महिला रहेको बताए ।

कलाकार श्रीका अनुसार १४ बर्षीयादेखि ७० बर्षीयासम्मले मूर्ति बनाउन सिकेका छन् । नेपालमा क्रषिदेव र धिमाल समूदायबाट पहिलो पटक मूर्ति बनाउन सिकेका छन् । उनले प्रदेश १ का मूर्तिकारहरुले बनाएका अन्य मूर्ति पनि प्रदर्शनीमा राखिने जानकारी दिए । ‘एक सय वटा भन्दा धेरै मूर्ति प्रदर्शनीमा राख्ने तयारी छ,’उनले भने,‘करीब २० हजार बढी मानिसहरु आउने अनुमान लगाएका छौं, विशेषगरी विद्यार्थी लक्षित कार्यक्रम हो ।’

murtii

कुलपति केके बज्राचार्यको प्रमुख आतिथ्यतामा ९ गते प्रदर्शनीको उद्धघाटन र मूर्तिकला कार्यशालाको समापन गरिने उनले बताए । ‘यो भन्दा अगाडि यहाँ यो खालको कार्यक्रम भएको थिएन,’ उनले भने । प्रदेश १ सरकारले मूर्तिकला कार्यशालाका लागि १२ लाख रुपैंया बजेट छुट्याएको थियो । तर, अन्य रक अपुग भएपछि ६ देखि ७ लाख रुपैंया बजेट इटहरी मेट्रिक्सले नै बेहोर्ने भएको छ । २०४६ सालमा धरान, २०६१ सालमा इटहरीको काव्यवाटिका र २०६८ मा उदयपुरको त्रियुगामा मूर्तिकला निर्माण सम्बन्धी कार्यशाला भएको थियो ।

murti8 murti1 murtikala2