मलाइका अरोरा र अर्जुन कपुरले आफ्नो सम्बन्ध सार्वजनिक गरेदेखि उनीहरूको सबैभन्दा बढी ट्रोल बन्न थालेको छ । कहिले उनीहरूको उमेरको भिन्नतालाई लिएर ट्रोल बनाइन्छ भने फोटोग्राफलाई लिएर ट्रोल बनाइने गरेको छ । यद्यपि, मलाइकाले आफूलाई यी कुनै पनि कुराले फरक नपर्ने र आफू अर्जुन कपुरसँग खुसी भएको स्पष्ट पारिसकेकी छिन् ।

पछिल्लोपटक उनले ट्रोलले अर्जुनलाई पनि कुनै फरक नपर्ने बयान दिएकी छिन् । यसअघि पनि उनले भनेकी थिइन्, ‘जब मेरो सम्बन्धविच्छेद भएको थियो, तब मलाई विश्वास थिएन कि फेरि पनि म कसैसँग सम्बन्ध गाँसौँला भनेर, किनकि फेरि पनि मेरो मन भाँचिन सक्छ भन्ने डर थियो । तर, म एकपटक फेरि प्रेम गर्न चाहन्छु, अहिले म अर्जुनसँग निकै खुसी छु ।’ पछिल्लोपटक उनले भनेकी छन्, ‘जब दुई आत्मा एक हुन्छन् भने त्यहाँ उमेरले खासै अर्थ राख्दैन ।’