धरान : तीन दिनदेखि आयोजना भइरहेको महिला उद्यमी मेलाको स्टेजमा शनिबार साना बालबालिकाहरु देखा परे । कोही भिक्षुको भेषमा थिए भने कोही तराईका धिमाल जातिको पहिरनमा थिए । कोही राई, लिम्बू, तामाङलगायत विभिन्न जातिय पोशाकमा थिए ।

स्टेजमा र्याम वक गर्दै आएका ती साना बालबालिकाहरु आफ्नो परिचय दिन्थे, र उसै गरी फर्कन्थे । यो दृष्य धरानमा आयोजना भएको ३ दिने महिला उद्यमी बजार प्रर्वद्धन तथा प्रर्दशनी मेलाको समापन समारोहको हो । महिला सञ्जाल धरानले आयोजना गरेको मेलाको समापनमा बालबालिकाहरुको जातीय पहिरनमा फेशन शो आयोजना गरिएको थियो । ती बालबालिकाहरुलाई रंगभुमी एकेडेमीले स्टेजमा उतारेका थिए ।

1 6

बालबालिकाहरुलाई आत्मविश्वास जगाउन र उनीहरुको प्रतिभा प्रस्तुत गर्न कार्यक्रम आयोजना गरिएको महिला सञ्जालले जनाएको छ । तिजलाई फरक तरिकाले मनाउन र महिला उद्यमीहरुको उत्पादनको प्रर्वद्धन गर्न उद्यमी मेला आयोजना गरिएको हो । तर, तीन दिनै मेलामा तिज बिशेष गीतमा नाचगानसँगै फरक शैलीको कार्यक्रमहरु आयोजना भएको थियो । पहिलो दिन तिज नृत्य प्रतियोगितासँगै रंगभुमी एकेडेमीको नाटक मञ्चन भएको थियो भने दोस्रो दिन साहित्यिक कुञ्ज कार्यक्रम भएको थियो ।

2 4