धरान : गायक सुरज पौडेलको आफ्नो पहिलो एकल एल्बम ‘मनको खुसि’ को ५औ गीत ‘सान्नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संगीतकार बिकाश चौधरीको संगीत सबिना केसीको शब्द रहेको गीतको एरेन्ज बिनोद भुजेलको गरेका हुन् । भिडियोका निर्देशक संचारकर्मी कुमार आचार्य हुन् ।गीतमा केवल भुजेल, प्रतिक्षा खड्का, चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ । भिडियोको छायाँकन रामेश्वर हुमागाईं, कोरियोग्राफी हरिष खनाल, सम्पादन साहिल खान, कलर मनिष गौतमले गरेका हुन् ।

गायक सुरज पौडेलको यसअघि गोलिले लागे झैँ, ठुम्काले ,मन पर्यो मन पर्यो, धेरै पछि बोलका गीत सार्वजनिक भैसकेका छन् । गायक पौडेलको पहिलो एकल एल्बममा पाँच गीत समाबेश छन् । जस मध्ये ‘सान्नानी’ पनि एक हो ।