काठमाण्डौं : नेपाली गीतमा बलिउड नायिका सन्नी लियोनीको आइटम डान्स यतिवेला भाइरल छ । भदौ २७ गतेबाट प्रदर्शनमा आउने पासवर्ड फिल्मको ‘आजको साम’ बोलको गीतमा नृत्य गरेकी सन्नी फिल्मको प्रचारका लागि आफैँ नेपाल आउँदै छिन् ।

Sunny-Leone-Nepali-Film-Password-6

भिडियो सन्देशमार्फत सन्नीले विशेष प्रिमियरका लागि नेपाल आउने जानकारी दिएकी छिन् । अहिलेसम्म सन्नीले नाचेको आइटम गीतलाई ४३ लाखपटक हेरिएको छ । फिल्मको ट्रेलरबाट नायक अनुपविक्रम केसीले पनि राम्रै प्रशंसा पाइरहेका छन् । नेपालबाट हराएको बहुमूल्य मूर्तिका विषयमा फिल्म केन्द्रित छ । धीरेन शाक्य, विक्रम जोशी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, छुल्ठिम गुरुङलगायत चलेका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् । तर, निर्माण पक्षले सन्नीकै मात्र चर्चा गर्न चाहेको छ ।

जबकि, उनले आइटम गीतमा मात्रै अभिनय गरेकी हुन् र फिल्ममा कुनै भूमिका छैन । यस्तोमा सन्नी फ्याक्टरले पासवर्डको व्यापारमा कति फरक पार्ला ?