धरान : गायक कमानसिंह याम्फुको आवाजमा रहेको ‘यो जिन्दगी सागरको पानी जस्तै हो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले यो गीतको म्यूजिक भिडियो आफ्नै यूटुब च्यानल ‘न्यू इन्टरटेन्मेन्ट च्यानल’मार्फत सार्वजनिक गरेको हो । गीतको शब्द तथा संगीत पनि कमानसिंह आफैले गरेको हो । 

shrisa

उक्त म्यूजिक भिडियोमा गायक कमानसिंह याम्फु, शारदा श्रेष्ठ र श्रीशा याम्फुको अभिनय रहेको छ । भिडियो छायाँकन भने इटहरीको तालतलैमा भएको हो । गायक कमानसिंह याम्फु विजयपुर एफएम ९८.८ का एक कुशल आरजे पनि हुन् । गायक याम्फुको यो दोस्रो म्यूजिक भिडियो हो । यसभन्दा अघि उनको श्वरमा रहेको ‘सोल्टिनी” नामक पहिलो म्युजिक भिडियो दर्शक तथा श्रोतामाँझ आइसकेको छ ।