धरान: झापाको विर्तामोडमा आयाजित नेपाल बास्केटबल लिग (एनबिएल) को थ्री अन थ्री इस्टको उपाधि धरान १७ मा रहेको होराइजन क्लबले जितेको छ ।

हिजो मंगलबार सम्पन्न भएको फाइनलमा होराइजनले इटहरी स्ट्याग्सलाई १५-१३ को झिनो अन्तरले हराउदै एनबिएल थ्री अन थ्री इस्टको उपाधि जितेको हो । समान १३ अंक रहेको अवस्थामा अन्तिम समय पर्सनल फल एक र टेक्निकल फल दुई गरी ३ वटा फ्रि थ्रो पाएपछि होराइजनले उपाधि उचाल्ने मौका पाएको हो । फ्रि थ्रोमा होराइजनले महत्वपुर्ण २ स्कोर गर्यो । त्यतिबेला खेलसकिन मात्र ५ सेकेण्ड बाँकी रहेको होराइजनका अध्यक्ष वसन्त राईले जानकारी दिए ।

यो जितसँगै होराइजनले धरानमा सम्पन्न लिगमा भएको हारको वदला पनि लिएको । धरानमा होराइजन स्ट्यागसँग १३-१० स्कोरले हारेको थियो । धरान लिगमा उपविजेता हुदै होराइजन फाइनल राउण्डमा प्रवेश पाएको थियो । उपाधि विजेता होराइजनले ५० हजार र ट्रफी हात पार्यो भने स्ट्याग्सले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो । प्रतियोगिता विपन्न बालबालिका खेलकुद नेपाल(पिडिसिएन)ले आयोजना गरेको थियो । प्रतियोगितामा कुल २९ टोलीले सहभागिता जनाएको थियो ।

horizan-chmap