धरान : गायिका करुणा राईले हिन्दु नारीहरुको महानपर्व तिज नजिकिदैँ गर्दा तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

राईले तिजको अबसरमा “दिल राजा” गीतको बोलको म्युजिक मिडियो सार्वजनिक गरेकी हुन् । उनले केहि वर्ष अगाडी “जिन्दगीको हरेक मोड”मा गित गाएर नेपाली संगीत आकाशमा औपचारिक सांगीतिक यात्रा सुरू बताईन् । गायिका करूणा राईले छोटो समय मै दर्शक तथा श्रोता माँझ आफ्नो पहीचान बनाउन सफल भएकी छन् ।

‘दिल राजा’ बोलको गीतमा स्वयम् गायिका करुणाको स्वर सजिएको छ भने शब्द तथा संगीत राज कुमार बगर र एरेन्ज कमल सौरगको रहेको छ । ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई छोटो समयमा धेरैले मन पराएका छन् । भिडियोमा एलिना बास्कोटा, टिकाराम भुजेल, बाबुराम खत्री संगै गायिका करुणाको पनि प्रस्तुति रहेको छ ।

उक्त भिडियोमा उत्सव दाहालले छायांकन गरेका हुन भने बिक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । यस्तै भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका छन् । गायिका करुणाले हरेक वर्ष जसो तीज गीत सार्वजनिक गर्दै आईरहेकी छिन् । विगतका वर्षहरुमा भन्दा यस्पाली भने तीज गीत र भिडियोलाई धेरै नै मेहनत गरेर निर्माण तथा सार्वजनिक गरेको गायिका राईले बताइन् ।