काठमाण्डौं : दोस्रो शौन्दर्य कार्यक्रम तेस्रो संस्करण मिस ग्रान्ड नेपाल २०१९ ईन्टरनेसनलमा १६ प्रतियोगीहरु भिड्दै छन् ।
आरके इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा तेस्रो मिस ग्राण्ड नेपाल २०१९ ग्रुमिंग सेसन भैरहेको छ । देशका विभिन्न भागबाट आएका १६ सहभागीहरुलाई अन्तिम प्रतिशप्रर्धामा समावेश गरिने हालै गरिएको प्रतियोगीहरुलाई स्वागत तथा पत्रकार भेटघाट मार्फत् उल्लेखीत कुराको जानकारी गराइएको छ ।

आयोजक पक्षका अनुसार मिस ग्राण्ड नेपाल २०१९ का प्रमुख चार उपाधि विजेताहरुले अन्र्तराष्ट्रिय शौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । नेपालको दोस्रो सौन्दर्यको उपाधि प्राप्त गरेको मिस ग्राण्ड नेपालले नेपालका प्रख्यात ठाउँहरुमा अडीसन सकी अभिमुखि तालिम सुरू गरेको हो ।
युवा तथा जोसिला प्रशिक्षकहरुबाट प्रशिक्षण भईरहेको छ । जसअनुसार कोरियोग्राफर रोजिन शाक्य, फोटोग्राफर महेश प्रधान, मनिष निमा अमात्य , भिडियो ग्राफर राम राई, डान्स तथा जुम्बा बिशाल आचार्य, ब्युटीसियन रोजिना सुवाल तथा विभिन्न चिर परिचित व्यक्तिहरुबाट प्रशिक्षण भईरहेको छ । फिनाले राउन्डको ड्रेस डिजाईनरहरुमा रोहित चौधरी, सेन्टर फेसन हब धर्मेन्द्र गुप्ता चुनिएका छन् ।

प्रतियोगिताका विजेताले नगद पुरस्कार, सहित अन्य उपहारहरु प्राप्त गर्ने जनाइएको छ । केन्द्रीय राजधानी काठमाण्डौंमा ग्राण्ड फिनाले संचालन गरिने आयोजक पक्षले जनाकरी गराए । उक्त कार्यक्रमलाई Empire International Education and Visa Services ले साथ दिएको छ । यस अघि मिस ग्राण्ड नेपाल २०१८ सम्पन्न मिस उरुसा जोसीले नेपालको तर्फबाट आफुलाई पहिचान गरे नेसनल कस्टुममा नेपाल टप ५ मा समेत परेको थियो आरके इन्टरटेन्मेन्टले यस वर्षदेखि आफ्ना ४ विजेताहरुलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाल र नेपालीको शिर ठाडो बनाउँदै Visit Nepal 2020 लाई सहमेत समेट्ने पत्रकार भेटघाट मार्फत् डाइरेक्टर लक्की राम केसी जानकारी गराए ।