धरान : ग्लामर, फेसन र मोडलिङ क्षेत्रको विकास र ग्लामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले इमेज च्यानलले आयोजना गर्ने मेगा मोडल रियालिटी शो’ को चौथो संस्करणको प्रदेश नं. १ को अडिसन ईटहरीमा हुने भएको छ ।

यही भाद्र २७ शुक्रबार र २८ गते शनिबार ईटहरीको सेन्ट्रल प्लाजामा रहेको होटल बरन्डामा बिहान ११ : १५ बाट सुरु हुने इमेज च्यानलको मार्केटिंग एक्जुकेटीभ नन्दराज महर्जनले जानकारी दिए । इटहरी पछि काठमाडौँ र पोखराको अडिसन सकाएर इमेज मेगा मोडलको चौथो संस्करण शुरु गरिनेछ । निःशुल्क अडिशनमा सहभागी हुन पाइने इमेज मेगा मोडलको अडिसनको लागि चर्चित फोटोग्राफर किशोर कायस्थ र मोडल बिना घले जजको रुपमा आएका छन् ।

इमेज च्यानलले यसअघि मेगा मोडलका तीनओटा संस्करण आयोजना गरिसकेको छ । मेगा मोडलको सन् २००८ मा भएको पहिलो संस्करणमा स्वस्तिका राजभण्डारी, २०१० मा रश्मिता महर्जन र २०१५ मा अनुज्ञा चन्द विजेता बनेका थिए ।