काठमाडौं : बलिउड अभिनेत्री सन्नी लियोनीले मुख्य भूमिकामा रहने गरी नेपाली फिल्म खेल्ने भएकी छन् । पासवर्ड फिल्ममा ’आइटम डान्स’ गरेकी उनी फिल्मको प्रमोसनका लागि अहिले नेपालमा छिन् ।

पासवर्ड फिल्म प्रिमियर सोको दौरानमा बोल्दै सन्नीले भनिन्, ’पासवर्डमा सानो भूमिका भए पनि आउँदो दिनमा नेपाली फिल्म खेल्न इच्छुक छु ।’

sunny

यसैबीच पासवर्ड फिल्मका निर्माता अमित बस्नेतले सन्नीले अब मुख्य भूमिकामा नेपाली फिल्म खेल्ने बताए । उनले भने, ’अब मैले नै निर्माण गर्ने अर्को फिल्ममा सन्नी मुख्य भूमिका हुने छिन् । यस फिल्ममा निर्देशक भने भारतीय निर्देशक सनी हर्जानी हुने छन् ।’ फिल्म एब फिल्मसको ब्यानरमा निर्माण हुने उनले जानकारी दिए ।