धरान: एम्स एकेडेमी मिस्टर एण्ड मिस फ्रेसर छैटौं सँस्करणको उपाधि कक्षा ११ का छात्र राजेश तामाङ र पुर्णिमा दर्नालले जितेका छन् ।

शनिबार धरान १५, सदन सभाहलमा नवआगन्तुक विद्यार्थीको स्वागतसँगै आयोजित कार्यक्रममा आफुलाई अब्बल सावित गर्दै राजेशले मिस्टर फ्रेसर र पुर्णिमाले मिस फ्रेसरको उपाधि जितेकी हुन् । धरान १२ स्थित एम्स एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमार्फत कलेज तथा नयाँ साथीहरुसँग घुलमिल गराउने र उनीहरुको व्यक्तित्व विकास गराउने उद्देश्यले विगत ६ बर्षदेखि मिस्टर एण्ड मिस फ्रेसर कार्यक्रम आयोजना गर्दै आएको छ ।

छैटौं सँस्करणमा मिस्टर फ्रेसरतर्फ निमेष तामाङ फष्ट रनर अप घोषित भए भने मिस फ्रेसरतर्फ इसिका श्रेष्ठ फष्ट रनरअप घोषित भइन् । यस्तै, मिस्टर फ्रेसरतर्फ युनिक मगर सेकेण्ड रनरअप घोषित हुदा मिस फ्रेसरतर्फ पायल तामाङ सेकेण्डर रनरअप घोषित भइन् । मिस्टर र मिस फ्रेसर दुवैतर्फ कुल १०÷१० जना विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा पत्रकार भोजराज श्रेष्ठ, सामाजिक अभियन्ता एवं किरात राई यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राई, मिस पुर्वाञ्चलकी पूर्वविजेता रुबि लिम्बू र मिस पुर्वाञ्चलकी पुर्व फष्ट रनरअप सिमरन श्रेष्ठ निर्णायक रहेका थिए ।

aims-fresher1

यस्तै, कार्यक्रममा मिस्टर फोटोजेनिकको टाइटल सागर मगरले जिते भने मिस फोटोजेनिकको टाइटल रिमा लिम्बूले जितिन् । मिस्टर एण्ड मिस फ्रेण्डली क्रमशः युनिक मगर, दिव्या राई, मिस्टर एण्ड मिस पञ्चुअल समिर बिक र विनिता तामाङ, मिस्टर एण्ड मिस वेष्ट ड्रेस निमेष तामाङ र बबतिा श्रेष्ठ, मिस्टर ट्यालेण्ड एण्ड मिस ट्यालेण्ट सौरभव श्रेष्ठ र इसिका श्रेष्ठ घोषित भए ।

यसैगरि, मिस्टर एण्ड मिस क्याटवक राज श्रेष्ठ र पायल तामाङ, मिस्टर एण्ड कन्फिडेन्ट राजेश तामाङ र पुर्णिमा दर्नाल, मिस्टर एण्ड मिस डिसिप्लिन प्रकाश राई र मनिषा फागो, मिस्टर एण्ड मिस पब्लिक च्वाइस रोजन लिम्बू र जुनु राई घोषित भए भने मिस्टर एण्ड मिस वेष्ट स्माइलको उपाधि खगेन्द्र ठकुरी र आकृति तामाङले जितिन् । विजेता सबै प्रतिस्पर्धी विद्यार्थीहरुलाई एम्सका अध्यक्ष प्रकाश राई, प्रबन्ध निर्देशक अनुप योञ्जन, प्रिन्सिपल मित्र तामाङ, निर्णायकहरु तथा सन्तोष कोइराला, हेमन्त भण्डारी, अर्जुन घिमिरेलगायत कलेजका शिक्षक एवं अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

aims-fresher2

कार्यक्रमको उदघाटन प्रमुख अतिथिकोरुपमा प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले गरेका थिए । विद्यार्थीहरुको व्यक्तित्व विकाससँगै कलेज जीवनमा घुलमिल गराउने र अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक शिक्षा पनि प्रदान गर्ने उद्देश्यले कार्यक्रमलाई बर्षेनी निरन्तरता दिइएको अध्यक्ष प्रकाश राईले बताए ।

aims3 aims-fresh4