इटहरी: इलाका प्रहरी कार्यालय इटहरीले ३९ बण्डल पटाकासहित २ जनालाई बिहीबार पक्राउ गरेको छ ।
इटहरी ५ स्थित खाद्य गोदाम नजिकै सेतो बोरामा प्याक गरी राखिएको पटाका सहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी श्रीपुर गाउँपालिका वडा नं.६ बस्ने ३५ बर्षीय अर्जुन शाह र सोही स्थान बस्ने २२ बर्षीय रामदेव यादव रहेका छन् ।
प्रहरीको अनुसन्धान अनुसार सुनसरीको भण्टाबारी नजिकैको नाकाबाट वीरपुर बोर्डरबाट बिष्फोटक पदार्थ पटाका नेपाल भित्राएको शंका लागेर चेकिङ गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार नजिकिदैैँ गरेको चाडपर्वका लागि पटाका ल्याएको बुझिएको छ । उनीहरुलाईमुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धी कसूरमामुद्दा चलाउने तयारी भईरहेको भण्डारीले जानकारी दिए ।


































































