धरान : मोफसलमा रहेर मोडलिङ तथा संगित क्षेत्रमा सङ्घर्ष गरिरहेकी गायिका तथा मोडल सरिता राईको आवाजमा रहेको “मन पराउँछु मायाँ गर्छु भन्नु मात्र माया होईन” बोलको गीत सार्वजनिक भएको छ ।

गायिका राईले पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो, ईटहरीको अफिसियल युटुब च्यानल पुर्वाञ्चल म्यूजिकबाट सार्वजनिक गरेकी हुन् ।  युवा गितकार चोङहाङ राईको शब्द रहेको उक्त गीतको कम्पोज हाल कोरियामा रहेका कृष्णकुमार राईले  कम्पोज गरेको हो भने एरेन्ज कुन्दन राईको रहेको छ । उक्त गीत आधुनिक शैलीमा रहेको एकदमै मिठो बनेको रेकर्डिस रूद्र श्रेष्ठले बताए ।