बक्स अफिसमा फिल्म कबिर सिंहको सफलतापछि शाहिद कपुरले अहिलेसम्म आफ्नो नयाँ प्राजेक्टबारे जानकारी दिएका छैनन् । यसैबीच खबर आएको थियो कि शाहिदले तेलुगू नायक नानीको सुपरहिट फिल्म जर्सीको हिन्दी रिमेकका लागि स्विकारोक्ति दिएका छन् । यो फिल्मलाई अमन गिल, अल्लू अर्जुन र निर्माता दिल राजू मिलेर बनाइरहेका छन् । चर्चा छ कि यो फिल्मका लागि शाहिदले पारिश्रमिकको रुपमा ठूलो रकम पाएका छन् ।

रिपोर्टका अनुसार फिल्म कबिर सिंहको सफलतापछि शाहिद कपुरले आफ्नो पारिश्रमिकमा वृद्धि गरेका छन् । शाहिद कपुरले यो फिल्मका लागि पारिश्रमिकमात्रै नभई फिल्मको नाफाको शेयर पनि माग गरेका छन् । भारतीय मिडियाका अनुसार उनले पारिश्रमिकको रुपमा ३५ करोड भारु लिएका छन् । साथै, उनी नाफाको २० प्रतिशत सेयर पनि लिनेछन् ।
शाहिद यो वर्ष नोभेम्बरमा उक्त फिल्मको सुटिङ गर्नेछन् । यसमा शाहिद र रश्मिका मंदाना सँगै काम गर्नेछन् ।