सुनसरी: इटहरीको विश्वआदर्श कलेजमा भर्खरै प्लस टु सकेकी इटहरीकी प्रेजिÞना नेपालले मिस ब्युटी आइकन २०१९ को उपाधि जितेकी छिन् ।

प्रमुख निर्णायक हर्षिका श्रेष्ठले सोधेको प्रश्नको उत्कृष्ट उत्तर दिदै अन्य १० प्रतिष्पर्धीहरुलाई पछि पार्दै १८ बर्षीय प्रेजिनाले उपाधि जितेकी हुन् । उनले मिस ब्युटी आइकनको उपाधिसँगै ५० हजार नगद पुरस्कार तथा मिस पुर्वान्चलमा सिधा प्रवेश पाएकी छिन् । साथै उनले मिस फ्रेन्डशिपको सबटाइटल समेत जितिन ।
यस्तै, १७ बर्षीय मनिला सिम्खडाले फष्टरनर अपको उपाधि जितिन् । उनले नगद ३० हजार पाइन् भने उनले पनि मिस पुर्वान्चलमा सिधा प्रवेश पाएकी छिन् । उनले मिस बेस्ट वाक र मिस मल्टिमेडिया सब-टाइटल समेत जितिन् । यसैगरि, निशा सुब्बाले सेकेन्ड रनर अपको उपाधि हात पारिन् । उनले १५ हजार नगद पुरस्कार पाइन् ।

miss-beuty1

यस्तै, उपाधि विजेता तीनै जनाले नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट एयर होस्टेज ट्रेनिग कोर्षको अवसर पाएका छन् । प्रतियोगितामा मिस ट्यालेन्ट इश्ना गुरुङ, मिस पब्लिक च्वाइस सुहाना श्रेष्ठ, मिस इन्टलेक्चुअल र मिस फोटोजेनिक कशिस बस्नेत, मिस एथलेटिक समिक्षा अधिकारी र मिस पर्सनालिटी प्रतिमा राईले जितेका छन् । प्रत्येक टाइटल बिजेताले ५ हजार पुरस्कार पाएका छन् ।

कार्यक्रम एमके फोटोग्राफीको आयोजना तथा मिस पुर्वान्चल २०१८ सेकेन्ड रनरअप तथा मिस इटहरी २०१७ कि बिजेता तपस्या रनापहेलीको कोरियोग्राफी रहेको थियो । इटहरीमा आयोजित कार्यक्रममा निर्णायकहरुमा नायिका हर्षिका श्रेष्ठ, मिस पुर्वान्चल २०१७ रुबी लिम्बु, मिस पुर्वान्चल २०१८ पुजा श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीको उपाध्यक्ष सन्तोष काफ्ले, पाथिभरा जब लिंकको सीइओ पवन अधिकारी, ट्रेनर सुरेश राई र सिजी बु्रअरीको डेपुटी म्यानेजर खेम कुइकेल रहेका थिए ।