धरान : अभिनेत्री विनिता बरालले आमा बन्ने भएकी छिन। प्रेमी तिलक पौडेलसँगकोप्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गरेकी उनले बिहीबार बिहान फेसबुकमा एक तस्बिर साझेदार गर्दै आफू गर्भवती रहेको जानकारी दिएकी छन् । तस्बिरमा उनले आफ्नो ‘बेबी बम्प’ देखाएकी छन् ।

उनले आफ्नो गर्भमा ‘लिटिल विनिता’ रहेको भन्दै भन्दै खुसी व्यक्त गरेकी छन् । ‘बेबी बम्प’ देखाएको तस्बिरमा उनलाई निकै खुसी मुद्रामा देख्न सकिन्छ । आफू गर्भवती रहेको खुलासा गरेसँगै अहिले उनलाई सामाजिक सञ्जालमा शुभचिन्तक, आफन्त र फिल्मकर्मीबाट बधाईको ओहिरो लागेको छ । अरुणिमा लम्साल, यूना उप्रेतीलगायतले उनलाई फेसबुकमा बधाई दिएका छन् । गएको ५ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि विनिता एकाएक चर्चामा आएकी थिइन् ।

त्यसपछि नेपाली फिल्ममा उनको राम्रो डिमान्ड थियो । तर, संख्यात्मक अभिनयमा जोड दिँदा उनले छोटो समयमै आफ्नो स्टारडम गुमाइन् । एकपछि अर्को फिल्म फ्लप हुन थालेपछि उनले केही वर्ष टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन । त्यसपछि अध्ययनका लागि भन्दै केही वर्ष अगाडि अमेरिका हानिएकी उनले पुनः नेपाल फर्किएर फिल्म गरेकी छैनन् । उनी अमेरिकाको ओहायो राज्यमा वैकल्पिक ऊर्जामा पिएचडीरत तिलक पौडेलको प्रेममा अमेरिका पुगेको केही महिनामै चुर्लुम्म डुबेकी थिइन् । तिलकको नेपाल घर स्याङजा हो । दुई ट्विटरमार्फत् एकअर्कासँग जोडिएका थिए ।