धरान : गायिका रश्मी राईको आवाजमा रहेको “धरान शहरको भानुचोकैमा” बोलको गीत भर्खरै युट्युवमार्फत सार्वजानिक भएको छ ।

श्याम साम्पाङको शव्द, विनोद खम्बुको संगीतमा रहेको उक्त गीतमा उदयीमान गायीका रश्मीले आवाज दिएकी छन् । नेपाली, चाम्लिङ, वान्तावा र कोयु भाषामा आफ्नो स्वर दिएकी रश्मीले यतिबेला दर्शक तथा स्रोताको ध्यान आफुमा तानीरहेकी छिन् । उनले हालसम्म दुई दर्जन भन्दा बढी गित गाईसकेकी छन् । आफुसंग दुई दर्जन भन्दा बढी गीत रेकर्डमा रहेको रश्मीले बताईन् । आफु हाल गीत रेकर्डमा व्यस्त रहेको उनले सुनाईन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस :