इटहरी: गए राती इटहरीको मुख्य चोकमा युवाहरुबीच कुटाकुट भएको खुलेको छ । घटनामा परी गायक पल लिम्बु घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) धर्मराज भण्डारीका अनुसार गए राती करीब १० बजेको समयमा यो घटना भएको हो । घटनामा संलग्न केही व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 'हिजो राती झगडा गरिरहेको अवस्थामा हामीले केही व्यक्तिलाई पक्राउ गरेका छौँ, एक जना सामान्य घाईते भएका छन्,'डिएसपी भण्डारीले भने ।
उनले ४ जना पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए पनि नाम खुलाउन मानेनन् । 'हामीले अनुसन्धान गरिरहेका छौँ, अहिले नाम दिन मिल्दैन,'डिएसपी भण्डारीले भने ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































