मुम्बई :  बलिउडको कमेडी फिल्म "हाउसफूल ४" को ट्रेलर सार्वजनिक भएको छ ।

लामो समयदेखि यो फिल्म दर्शकमाझ प्रतीक्षित बनेको थियो । फिल्मको दमदार ट्रेलरमा अक्षय कुमार, बबी देओल, रितेशका साथै कृति सेनन, कृति बरबदा र पूजा हेगडेको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मको पोस्टर यसअघि नै रिलिज भइसकेको छ । सन् १२१९ र २०१९ को कहानी भनिएको यो फिल्ममा पूनर्जन्मको कथा समेटिएको छ । दिपावलीको अवसर पारेर रिलिज गर्न लागिएको यो फिल्मले धमाकेदार व्यापार गर्ने आँकलन गरिएको छ । यसअघि रिलिज भएको ‘हाउसफूल ३’ ले खासै कमाल गर्न सकेको थिएन । र, पनि उक्त फिल्म सय करोड क्लबमा प्रवेश गरेको थियो ।

‘हाउसफूल ४’ लाई फरहाद सामजीले निर्देशन गरेका हुन् भने साजिद नाडियाडवालाले निर्माण गरेका हुन् ।