मुम्बई : अभिनेत्री मोनी राय केवल आफ्नो अभिनयका कारण मात्र चर्चामा आउँदैनिन् । उनी आफ्नो फेसन सेन्सका कारण पनि चर्चामा छिन् । चाहे परम्परागत होस् या वेस्टर्न, उनी खुबै ग्ल्यामर देखिन्छिन् ।

मोनी राय आजभोलि थाइल्याण्डमा छिन् । उनले थाइल्याण्डमै आफ्नो ३४ औँ जन्मदिन मनाएकी थिइन् । मोनी प्रायः सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिने गर्छिन् । उनले केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा मोनी समुद्रमा पिंक बिकिनीमा देखिन्छिन् ।  

Moni roy 2

तस्वीरलाई लिएर फ्यानले सुन्दर कमेन्ट गरेका छन् । टिभीबाट बलिउडमा गएकी मोनी स्टारर ‘मेड इन चाइना’ हालै रिलिज भएको थियो ।