धरान: धनकुटाको दक्षिणी भेग बोधेकी रजनी लिम्बुले दोस्रो ‘मिस स्टेट १’ को उपाधि जितेकी छिन् ।

पूर्वाञ्चल बागिना कला केन्द्रले धरान ८ स्थित सभागृहमा बुधबार राती आयोजित प्रतियोगितामा रजनीले उपाधि जितेकी हुन् । उनले सुजुकीको स्कुटी हात पारिन् । उनलाई गत बर्षको विजेता रमिला बस्नेतले ताज पहिराइदिएकी थिइन् । उपाधिसँगै उनले मिस ट्यालेन्ट, मिस डिसिप्लीनको टाइटल पनि हात पारिन् ।

प्रतियोगितामा खोटाङकी युरिका राई फस्ट रनर अप भइन् । उनले नगद ५० हजार थापिन् । उनले मिस भ्युवर च्वाइसको थप टाइटल पनि थापिन् । यस्तै, धरानकी स्यारोन सुब्बा सेकेण्ड रनरअप भइन् । उनले नगद २५ हजार पाइन् ।उनले मिस वेष्ट स्माइलको टाइटल पनि जितिन् ।

Miss stage winner

यसैगरी, मिस पम्चुअल निशा योगी, मिस वेष्ट क्याटवक संगीता चौधरी, मिस पब्लिक उषा राई, मिस मस्ट इन्टेलिजन्ट अकु राई, मिस पर्सनालिटी श्रद्धा रिजाल, मिस फोटोजेनिक सिर्जना लिम्बू, मिस इन्टएक्चुअल मेघा न्यौपाने र मिस वेष्ट फिगर नारायणी लिम्बूले जितिन् ।

सुमित भए सिङगिङ स्टार

सोही समारोहमा पूर्वाञ्चल सिङगिङ स्टार सिजन ७ मा मोरङका सुमित राई विजेता भए । गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उनले नगद ५० हजार जिते । नगदसँगै उनले २ वटा गीत रेकर्ड, १ वटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष र गिटार पनि पुरस्कार पाए ।

47

यस्तै, भोजपुरकी बबिना राई फस्ट रनरअप भइन् । उनले २५ हजार नगद, १ वटा गीत रेकर्ड, ६ महिने निःशुल्क म्युजिक कोर्ष र गिटार पुरस्कार पाइन् । यसैगरि, सेकेण्ड रनरअप सोलुखुम्बुका सुवास वन भए । उनले १५ हजार रुपैयाँ, १ वटा गीत रेकर्ड, ३ महिने निःशुल्क म्युजिक कोर्ष र गिटार पुरस्कार पाए ।

प्रतियोगितामा वेष्ट भोकल, वेष्ट डिसिप्लिन, वेष्ट परफमेन्स, वेष्ट पब्लिक च्वाइसलगायत अवार्ड पनि दिइएको थियो । आयोजक केन्द्रका अध्यक्ष भक्तिराज राईको अध्यक्षतामा भएको कार्यक्रममा धरानका पुर्वमेयर भूपू मेयर मनोजकुमार मेन्याङ्बो प्रमुख अतिथि रहेका थिए ।

singing-star