सलमान खानको फिल्म प्रदर्शन हुँदा हलहरू प्रायः हाउसफुल हुन्छन् । अहिले सलमान ‘दबंग ३’ का लागि तयारी गरिरहेका छन् । यो फिल्म आगामी डिसेम्बरमा रिलिज हुँदै छ । यसैबीच फिल्मसँग जोडिएको रोचक प्रसंग बाहिरिएको छ । सलमान खान आफ्नो फिल्मको ट्रेलरभन्दा पहिला गीत सार्वजनिक गर्न चाहन्छन् । उनी गीतबाट आफ्ना फ्यानहरूलाई स्वागत गर्न चाहन्छन् ।

मिडियाका अनुसार फिल्ममा यस्ता गीत रहेका छन् जसलाई देखेर दर्शक फिल्मको व्यग्र प्रतीक्षामा हुनेछन् । दबंगका अघिल्ला सिक्वेलहरूले राम्रो व्यापार गरेकाले यसपटक पनि सलमान निकै उत्साही छन् । फ्यानसँग सलमानको सम्बन्ध घनिष्ट रहँदै आएको छ । नयाँपत्रिका दैनिकबाट