मुम्बई : बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चेक बाउन्सको आरोपमा राँची अदालतले उनलाई पक्राउ गर्न आदेश दिएपछि पुर्जी जारी गरिएको थियो ।

फिल्म निर्माता अजय कुमारले दुई करोड ५० लाख रुपैयाँ भारुको चेक बाउन्स लगाएसँगै अदालतले अभिनेत्री पटेललाई पक्राउ गर्न आदेश दिएको छ । अदालतको आदेशपछि राँची प्रहरी अभिनेत्री पटेललाई पक्राउ गर्न मुम्बई आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । अभिनेत्री पटेल र उनको व्यवसायिक साझेदार कुनालले फिल्म बनाउने भन्दै साढे दुई करोड लिएका थिए । उनीहरुले सन् २०१८ मा फिल्म रिलिज भएपछि रकम फिर्ता गर्ने बाचा गरेका थिए । उनीहरु कहिल्यै फिल्म रिलिज गरेनन् । अभिनेत्री पटेलले मलाई तीन करोडको चेक दिएपनि त्यो बाउन्स भएको थियो, निर्माता अजय कुमारले भने, “अभिनेत्री पटेल र उनको व्यवसायिक साझेदार कुनालले मेरो फोन उठाउन छाडेपछि ठगिएको महसुस गरेपछि उजुरी दिएको थियो ।”

amisha-patel-in-bikini-hot-wallpapers

सन् २०१८ मा “देसी म्याजिक” फिल्म निर्माणको लागि अभिनेत्री पटेलले ऋण मागेको उनले बताए । फिल्मले व्यापार गर्न असफल भएपछि अभिनेत्री पटेलले साढे दुई करोडको चेक दिएकी थिइन् । अभिनेत्री पटेलले दिएको चेक बैंकले अस्विकार गरेको थियो । जहाँ उनले तीन करोड रुपैयाँ राखिदिने प्रतिवद्धता दिएकी थिइन् ।

गत असारको अन्तिम साता नेपाल आएकी अभिनेत्री पटेलले पक्राउ पुर्जीविरुद्ध कुनै प्रतिक्रिया नदिएको भारतिय सञचार माध्यमले जनाएको छ । मैरहवास्थित टाइगर रिसोर्टमा आयोजित सांगितिक कार्यक्रममा भाग लिएकी अभिनेत्री पटेलद्धारा अभिनित पछिल्ला फिल्महरुले व्यापारिक सफलता पाउन सकेका छैनन् । यसअघि अर्की बलिउड अभिनेत्री कोइना मित्र चेक बाउन्स मुद्दामा दोषी ठहरेकी थिइन् । अभिनेत्री मित्रले दिएको चेक बैंकले अस्विकार गरेको थियो जहाँ उनले ४.६ लाख रुपैयाँ राखिदिने प्रतिवद्धता दिएकी थिइन् । अदालतको सुनुवाईमा अभिनेत्री मित्रले आफ्नो चेक चोरी भएकोले ठूलो रकम तिर्न पर्याप्त स्रोत नभएको बताएपनि अदालतले उनको भनाईलाई अस्विकार गरको थियो ।