बराहक्षेत्र: सुनसरीको बराहक्षेत्र वडा नम्बर २ (साबिक बराहक्षेत्र गाबिस वाड न.४)मा रहेको जागृत चोकको नामकरण भएको २५ बर्ष पुरा भएको अवसरमा रजत महोत्सव हुने भएको छ ।

पुर्ब धरान जाने बाटो, पश्चिम सिंचाइ गेट जाने बाटो, उत्तर बयरबन बजार चतरा हुदै प्रसिद्ध बराहक्षेत्र मन्दिर जाने बाटो, दक्षिण आर्दश उच्च बिधालय तथा बराह आदर्श क्याम्पस जाने बाटो पर्ने बीच चोकलाई जागृत चोक नामकरण भएको छ । यो चोकको नामकरण बि.स.२०५१ साल कार्तिक ६ गते स्थानीय युवाहरुले जागृत नामकरण गरेका थिए । चोकको नामकरण भएको २५ बर्ष पुगेको अवसरमा कात्तिक ६ गते सांगीतिक कार्यक्रम गरि रजत महोत्सव आयोजना गरिने संयोजक रोशन श्रेष्ठले बताए । कार्यक्रम कात्तिक ६ गते साँझ ६ बजेदेखि महोत्सव जागृत चोकमा आयोजना हुने छ ।

महोत्सवमा द एक्स ब्यान्ड काठमाडौ, चतरा कुल डिर्जट ब्यान्ड, र्‍यापर सुमिन दाहाल, गोर्खाली टि एस लेस्स र लेडिज र्‍यापर कृस्ना खवास, बिबोइङ चतरेली डान्स र स्थानीय कलाकार सुबिव श्रेष्ठसहित विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि प्रस्तुति रहने आयोजक जागृत युवा समाज जनाएको छ ।

रजत महोत्सवको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमलाई हरेक बर्ष निरन्तरता दिइने संयोजक श्रेष्ठले बताए । करिब ४ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रमका लागि स्थानीयबासीबाट सहयोग जटाइरहेको उनले बताए । हामीले जागृती चोकमा बसोबास गर्ने र हाल वैदेशिक रोजगारको लागि विभिन्न देश गएका साथी भाईहरुले सहयोग गरिरहनुभएको छ, संयोजक श्रेष्ठले भने ।

जागृती युवाहरुले सरसफाइ, ज्ञानकुज्ज पुस्तकालयको स्थापनालगायत बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । जागृत युवा समाजले स्वास्थ्य समाज निर्माणकालागि कार्यक्रम आयोजनाको परिकल्पना गरिएको श्रेष्ठले बताए । जागृत चोक भनेर नाम जुराउने स्थानिय पुप्पदिप पौडेलले चोकको नामकरणको चर्चा गरेका थिए। पत्रकार सम्मेलनमा जागृत समुहका सल्लाहकार रजित दाहाल, वराहक्षेत्र फुटवल क्लबका अध्यक्ष चन्द्रबहादुर मगर(अनिल), आदर्श माबिको सहप्राध्यापक ज्ञानबहादुर पाण्डे, बराह राईजिङ्ग इङलिस स्कुलका प्रिन्सिपल बिजय राईलगायतको उपस्थिति रहेको थियो ।