धरानः पूर्वी नेपालको पुरानो र सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताकोरूपमा स्थापित नेपालआईस मिस पूर्वाञ्चलको १० औं संस्करणको तयारी सुरु भएको छ ।

हरेक बर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पुर्वी नेपालका युवतीहरु सहभागी गराइने कार्यक्रम हरेक बर्ष धरानमा आयोजना हुदै आएको छ । सिल्भर इन्टरटेन्टमेन्टको आयोजना र सिजी ब्रुअरीको मुख्य प्रायोजनमा यो प्रतियोगिता हुंदैआएको छ । १० औं संस्करणको मिस पुर्वान्चलको लागि आवेदन फारम खुल्ला भएको आयोजकले जानकारी दिएको छ ।  इच्छुक सहभागीहरुले अनलाइनसंगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ ।

मिस पुर्वान्चलको अफिसियल फेसबुक पेज https://www.facebook.com/misspurwanchal मा रहेको अनलाइन फर्म https://form.jotform.me/82961537794472 भरेर अथवा मोबाइलको म्यासेज बक्समा गएर MP<sapce> सहभागीको नाम, उचाइ, उमेर र ठेगाना टाइप गरि ३५००५ मा एसएमएस पठाउनु पर्ने आयोजनकको भनाई छ । अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूको आधारमा तिहार पछि दसौँ संस्करणको मिस पुर्वान्चलको अडिसन सुरु हुने बताइएको छ ।

miss-purwanchal-2019

त्यस्तै पुर्व भरिको कुनै पनि सौन्दर्य प्रतियोगिताको बिजेता तथा उपबिजेताहरुलाई बिना अडिसन सहभागी गराईनेछ भने तिहार लगतै अडिसन मिति र कार्यक्रमको फिनाले मिति समेत सार्वजनिक गरिने आयोजकको भनाई छ । अडिसनपछि छानिएका प्रतियोगीहरुलाई एक महिना व्यक्तित्व विकास, फेशन, र्याम्प वक, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवक लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।

बिजेता, फस्ट रनरअप , सेकेन्ड रनरअप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न सबटाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । गतबर्ष पौष १४ गते सम्पन्न नेपालआइस मिस पूर्वाञ्चलको नवौँ संस्करण मिस पूर्वाञ्चल २०१८ को विजेताले उपाधिसँगै यामाहाको फेसिनो स्कुटर र हंगकंग भ्रमणको अवसर प्रदान गरिएको थियो । त्यस्तै फस्ट र सेकेन्ड रनरअपलाई क्रमश : नगद एक लाख र पचास हजार प्रदान गरिएको थियो ।