झापा: पूर्वी पहाडको मौलिक कथालाई समेटेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘घरजम’ झापाको दमकमा विशेष प्रर्दशन गरिने भएको छ ।

मौषम ईम्बुङले निर्देशन गरेको चलचित्र ‘घरजम’ कात्तिक २ गते दमकस्थित पाथिभरा चलचित्र हलमा प्रदर्शन हुने भएको हो । चलचित्र निर्माण टिमले आज दमकमा पत्रकार सम्मेलन गर्दै दमकमा विशेष प्रदर्शन गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक इम्बुङले चलचित्र घरजम लिम्बू समुदायको जिवन–दर्शन –मुन्धुम लाई आधार मानेर निर्माण गरिएको बताए ।

यसैगरि पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा कलाकार सीताकुमारी तुम्बापोले बिशेष परिस्थितीले विदेशमा रहेर नेपाल, नेपाली र आफनो मौलिक रितीरिवाजहरु विर्सदै गएका सन्ततीलाई आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग परिचित गराउँन यो चलचित्र निर्माण गरिएको बताईन् । करिब ९० लाख रुपैया खर्चिएर निर्माण गरिएको चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढि चलचित्र हलमा प्रदर्शन गर्ने लक्ष्य रहेको जानकारी गराइएको छ ।

साथै, विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्र्रर्दशनीको तयारी समेत गरिएको विशेष प्रदर्शन समितिका संयोजक शैलेन्द्र थेवेले जानकारी दिए । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको छ । घुम्ती प्रर्दशन अन्र्तगत इलामका १०, पान्थरका ८, ताप्लेजुङका ९, तेह्रथुमका ६, धनकुटाका ७ र संखुवासभाका १० गरी ५० वाटा स्थानीय तहमा प्रर्दशन गरिने संयोजक थेवेले जानकारी दिए ।