धरान: घुम्दै डुल्दै आउदा साइली, बाटोमा भेट भयो..

पुर्वेली लोक शैलीको यो गीत बिहिबार दिउँसो धरान १४, विजयपुरस्थित दुई धारेमा घन्किरहेको थियो । दुई धारेको वरको फेदमा केटा र केटीको दुई समुह आमने सामने थिए । उनीहरुको वरीपरी भिड थियो ।
गीत घन्कदै, रोकिदै र फेरी घन्कदै गथ्र्यो । धरानका नृत्य निर्देशक नगेन्द्र राई बीच बीचमा निर्देशन दिइरहेका थिए ।

moti

खासमा यो दृष्य राजनीतिसँगै पछिल्लो समय गायनमा पनि सक्रिय मोतिराज सुनुवारको दोस्रो गीतको सुटिङको हो । पहिलो गीत सुनमायाको म्युजिक भिडियोबाट पाएको प्रतिक्रियाले उत्साहित सुनुवारले पुर्वेली लोकभाकाको गीत रेकर्ड गरेका छन् । अहिले उनी त्यही गीतको म्युजिक भिडियो तयारीमा ब्यस्त छन् ।

म्युजिक भिडियोको निर्देशन नगेन्द्र राईले गरिरहेका छन् । कलाकारमा गायक सुनुवारकै छोरी दिपिका र नृत्य निर्देशक मणी राई, सविना भटराईलगायत छन् । यो गीतमा सुनुवारलाई गोमा कुलुङले स्वरमा साथ दिएकी छिन् । यस्तै, कोरस गायनमा रणध्वज लोहोर, दिपेश राई, प्रिया तामाङ र विनु राईले साथ दिएका छन् । शुक्रबार गीतको सुटिङ धनकुटाको राजारानी ताल क्षेत्रमा पनि गरिने गायक सुनुवारले बताए ।

motil motii motiraaj1 motiz