काठमाडौं : बलिउड सुपरस्टार अमिताभ बच्चनलाई तीन दिन अघि अस्पतालमा भर्ना गरिएको छ । कलेजोमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको हो ।

उनी मुम्बईको नानावती अस्पतालमा उपचारत छन् । सन् १९८२  मा पहिलोपटक कलेजोमा समस्या देखिएको बच्चनलाई पुन कलेजोमा समस्या देखिएको हो । समाचारमा जनाइए अनुसार फिल्म ’कुली’ को शूटिङ्गको क्रममा चोट लागपछि उनलाई हेपेटाइटिस बी भाइरस भएको रगत दिइएको थियो ।

एजेन्सीको सहयोगमा