धरान : हङकङमा बसोबास गर्ने धराने गायक कवि राईले लामो समयको अन्तरालपछि नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

६ वर्षअघि “आमा” एल्वम निकालेका गायक कविले “मत कुनै फुल भए हुन्थ्यो” बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् ।

kabi

विभिन्न टिभी च्यानल तथा बुढासुब्बा म्युजिकको युट्युब च्यानलमार्फत गतसाता मात्र रिलिज गरिएको गायक कवि राईको म्युजिक भिडियोमा अहिलेका मोडल नीराजन प्रधान र रेखा लिम्बुको अभिनय रहेको छ भने सोनाम पाख्रिनको निर्देशन रहेको छ । विकास दाहालको सम्पादन तथा बुद्धथापाको छायाँकण रहेको गीतको संगीत नवराम राई र शव्द सन्जु राईको रहेको छ । लामोसमयपछि आएको आफ्नो गीतको राम्रो प्रतिक्रिया पाइरहेको र अझ धेरै काम गने हौसला मिलेको गायक कविले बताए । विगतमा उनले आमा, कवि र रेल्वे व्याण्ड नामक एल्वम ल्याइसकेका छन् ।