काठमाडौं : गत वर्ष बलिउडमा मिटु अभियानको सुरुवात गर्ने अभिनेत्री तनुश्री दत्ताले निर्देशक सञ्जय लीला भन्सालीसँग काम गर्ने चाहना व्यक्त गरेकी छिन् । तर, सञ्जय लीला उनीसँग काम गर्छन् या गर्दैन त्यो भने थाहा छैन ।

किनकि सञ्जय लीला आफ्नो फिल्ममा टप स्टारलाई मात्रै लिनेगर्छन् । एक अन्तर्वार्तामा तनुश्रीले बलिउडमा आफ्नो कमब्याकलाई लिएर कुरा गरेकी छिन् । यही दौरान उनले आफूलाई काम गर्न रुचि भएका व्यक्तिहरूको सूची प्रस्तुत गरेकी थिइन् । जसमा सबैभन्दा माथि सञ्जय लीला भन्सालीको नाम छ ।