धरान  : धरान र पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस "मिस पुर्वाञ्चल"को दशौं संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ । धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागि भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

धरानको अडिसनमा धरान , धनकुटा , तरहरा , इटहरी , बिराटनगर , बेलबारी र पथरीबाट प्रतियोगीहरु सहभागी भएका थिए ।
अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल , मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ्ग लिम्बु , मिस पुर्वान्चल २०१६ फस्ट रनर अप इक्सा मादेन , मिस पुर्वाञ्चल २०१७ फस्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पुर्वाञ्चल २०१८ फस्ट रनर अप अनिला क्षेत्री रहेका थिए । सहभागीहरुको योग्यता, पर्फर्मेन्स अनुसार मिस पुर्वाञ्चल २०१९ को अन्तिम प्रर्तिस्पर्धाको लागि छानिने र त्यस्तै बिराटनगर , इटहरी र दमकमा समेत बिहिबार देखि आइतबार सम्म कलेज एक्टिभेशन र अडिसन गरिने सील्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । त्यस्तै टाढा बाट आउनु छुटेका हरुको समेत आइतबार सम्म धरानमा अडिसन राखिएको श्रेष्ठले बताए ।

Purwanchal-2

अडिसनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ । प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइनेछ । कार्यक्रमको कोरीयोग्राफर प्रियारानी लामा रहेकी छिन् । प्रतियोगितालाई प्रदेश नं. १ तथा पुर्बी क्षेत्रका ब्यापारीक र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरु समेत राखिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरंग की नेमिता आङबुहाङ २०१५ मा मोरङकी प्रियङका श्रेष्ठ ,२०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले जितेकी थिईन ।