धरान : नेपाल आईस मिस पुर्वाञ्चल २०१९ बारे प्रचार प्रसार गर्ने उद्देश्यले इटहरी स्थित बिश्व आदर्श कलेजका विद्यार्थीहरुमाँझ मिस पुर्वाञ्चलको टोलि बिहिबार पुगेका थिए ।

मिस पुर्वान्चल सन् २०१८ कि फर्स्ट रनर अप अनिला क्षेत्री, मिस तामांग प्रोजिता तामाङ, पाथिभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीले मिस पुर्वाञ्चलको बारेमा आफ्ना कुराहरु राखेका थिए । त्यस्तै प्रश्नोतर कार्यक्रम राखेर विजयी विद्यार्थीहरुलाई उपहार दिइएको थियो ।

यसअघि धरानको युएन कलेज, महेन्द्र क्याम्पस, एम्स एकेडमी, धरान मोडल, धरान इन्टरनेशनल होटल म्यानेजमेन्टमा समेत मिस पुर्वाञ्चलको टोलि प्रचार प्रसारको लागि पुगेको थियो । मिस पुर्वाञ्चल सन् २०१७ रुबी लिम्बु, फर्स्ट रनरअप सिम्रन श्रेष्ठ र मिस पुर्वाञ्चल २०१८ कि फर्स्ट रनर अप अनिला क्षेत्री एक्टिभेशनको लागि पुगेका थिए । आउदो आइतबार बिराटनगरको कलेजहरुमा समेत एक्टिभेशन कार्यक्रम राखिएको संयोजक सौगात रिजालले बताए ।