मुम्बई: बलिउड नायिका सारा अली खानले सुसान्त सिंह राजपूतसँग फिल्म ‘केदारनाथ’ बाट डेब्यु गरेकी थिइन् । यसपछि उनले ब्याक टु ब्याक फिल्म पाएकी छिन् । उनीसँग अहिले कैयन् फिल्म छन् ।

उनी आफ्नो व्यस्त समयलाई पन्छाउँदै यतिबेला आफ्ना साथीहरुसँग न्यूयोर्कमा विदा मनाइरहेकी छिन् । हालै उनले केही तस्वीर सार्वजनिक गरिन् । जुन तस्वीरमा सारा मेट्रोमा देखिन्छिन् । साराले सामाजिक सञ्जालमार्फत शेयर गरेको तस्वीरमा उनलाई मेट्रोमा देख्न सकिन्छ । तस्वीरमा उनी दुई व्यक्तिका बीचमा बसेको देख्न सकिन्छ ।

फ्यानले उनका तस्वीर शेयर गर्दै कमेन्ट गरेका छन् । छोटो समयमा नै लाखौँ फ्यान कमाएकी सारा सैफ अली खानकी छोरी हुन् । उनलाई अब ‘लभ आजकाल’ को सिक्वेलमा देख्न सकिनेछ । यस्तै सारा ‘कुल्ली नम्बर १’ को रिमेकमा पनि देखिनेछिन् ।