धरान: सहाराविहिन वालबालिकाको सहयोगार्थ धरानमा ‘विन्टर नाइट’ सांगीतिक कार्यक्रम हुने भएको छ ।
धरान–१३ शिबधारास्थित ड्रिम्स लाउञ्ज एण्ड बारको आयोजनामा आउदो मंसिर २० गते साँझ उक्त सांगीतिक कार्यक्रम हुने भएको हो । बारको प्राङगणमा हुने कार्यक्रममा मुख्य आकर्षणको रुपमा दार्जिलिगका गायक सुरेश कुमार रहने कार्यक्रम संयोजक निश्चल पलिखेले बताए । यस गायकको यसैगरी, स्थानीय ब्याण्डको साथमा जेनिस राईको गायन प्रस्तुति, कलाकार पुजा लिम्बुको नृत्य र डिजे विशालको डिजेइङ प्रस्तुति रहने आयोजकले जनाएको छ । साँझ ५ बजेदेखी शुरु हुने कार्यक्रम हेर्नको लागि ५ सय र २ सय रुपैयाँको टिकटको व्यावस्था गरिएको आयोजक संस्थाका सदस्य सन्तोष रुचालले जानकारी दिए ।
युवा व्यावसायी देव राई, आतिष राई र विवस रुचालको संयुक्त लगानीमा ड्रिम्स लाउञ्ज एण्ड बार एक वर्षदेखी सञ्चालनमा आएको हो । कार्यक्रमबाट संकलित रकमले सोही वडामा सञ्चालित इमानुयल अनाथलयमा आश्रित १७ जना वालबालिकालाई जाडोको न्यायो कपडा प्रदान गर्ने रुचालले बताए । ‘कार्यक्रम गर्नुको मुख्य उद्देश्य अनाथ वालवालिकालाई सहयोग गर्नुको लागि हो’ उनले भने ‘कार्यक्रम घाटामा गएपनि हामी वालवालिकालाई सहयोग गछौं ।’
अनाथलयका सञ्चालक जीवन सुब्बाका अनुसार २०५६ सालदेखी सञ्चालित आश्रम पारिवारिक सहयोगबाट सञ्चालित छ । अनाथलय सञ्चालनको लागि मासिक ८० हजार रुपैयाँ खर्च भइरहेको उनको भनाइ थियो । ‘५ वर्षदेखी १९ वर्षसम्मका १७ जना वालबालिका आश्रित छन्’ उनले भने ‘उनीहरुको पढ्न, बस्न, खानको लागि मेरो बुबाले सहयोग गरिरहनुभएको छ, उहाँ (बुबा) ब्रिटिस आर्मीको पेन्सनीयर हो ।’ आश्रम सञ्चालन गर्न धेरै कठिन भइरहेको र सहयोगी हातहरुले सहयोग गरिदिनुहुन्छ भन्ने आशा छ ।’ उनले थपे ।
होप धरानले इम्मानुयलका वालबालिकाहरुलाई खाना खुवायो
यसैगरी, इम्मानुयल अनाथ आश्रमका १७ जना आश्रित वालबालिकालाई होप धरानले सोमबार विहान खाना खुवाएको छ । प्रत्येक हप्ताको सोमबार विहान भानुचोक आसपासका अनाथ बालवालिकाहरुलाई खाना खुवाउदै आएको होप धरानले आज ड्रिम्समा पुगेरै वालवालिहरुलाई विहानको खाना खुवाएको होप धरान मुख्य अभियन्ता एबंम होटल व्यावसायि निश्चल पलिखेले बताए ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































