धरान : नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रा पछि अहिले आएर पुन सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा छन् ।

गत बर्षको धरान, दमक, बिर्तामोड र बुटवलको सफल सांगीतिक टुरपछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुराना संगै नया गीतहरु ल्याएर दर्शक तथा श्रोताहरुको उत्तिकै माया पाइरहेका छन् । अहिलेको नयाँ पुस्तामाँझ पनि कन्सर्ट, सोसलमिडियाबाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीत हरु “तिमी पारी त्यो गाउंमा” र “लेक कि हे माया” कृपा अनप्लग्डको नया श्रंखलामार्फत युट्युबमा भर्खरै रिलिज गरिएको छ । ९० को दशकको यो दुई गीत कन्दराको क्यारियरकै उत्कृस्ट गीत मानिन्छ । रिलिज को ३ र ४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्स संगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो एल्बम निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक बिबेक श्रेष्ठ बताउँछन् ।

नेपालमा लाइभ साङ्गितिक प्रस्तुतीलाई अर्कै उचाईमा लैजान कृपा अनप्लग्डको बिशेष भूमिका छ । जसको कारण यही कार्यक्रमको लागी ब्यान्डका गायक बिबेक श्रेष्ठ अष्ट्रेलियाबाट नेपाल आई ब्यान्डसँग प्रत्यक्ष प्रस्तुत भएका थिए । विगत २७ बर्षदेखी कन्दरा नेपाली संगीतमा अनवरत रुपमा लागि रहेको छ । नेपाली संगीतमा विशुद्ध र सरल शब्द, संगीत र स्वरको सम्मिश्रन गर्ने कन्दरा ब्यान्ड चाडै नै देश ब्यापी सांगीतिक टुरको तयारीमा समेत रहेका छन् । कन्दराको हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डाँडापारी, बिदेसिएर गईन उनि, फुलचोकिको डाडैमा लगायतका गीतहरु पनि अत्यन्तै चर्चित छन् ।