मुम्बई : हट गर्ल दिशा पटानी जब बलिउडमा आइन्, तब उनी आफ्नो फिल्मका कारणभन्दा बढी आफ्नो हट अवतारका कारण चर्चामा छिन् ।

आजभोलि उनका कुनै न कुनै तस्वीर भाइरल हुने गर्छन् । प्राय दिशाले बिकिनी अवतार शेयर गर्ने गर्छिन् । दिशाले हालै इन्स्टाग्राममा एक तस्वीर शेयर गरिन्, उक्त तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । दिशाले पुलको किनारमा खिचाएको एक तस्वीर सार्वजनिक गरेकी छिन् । यो तस्वीरमा फ्यानले अनेक प्रकारका कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘ड्याम ।’

Disha-Patani

एक प्रयोगकर्ताले आफ्नो दिल जितेको भन्दै कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले त झन् अचम्मको कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘दिदी परीक्षा चलिरहेको, पढ्न देऊ प्लिज ।’ ‘के गरुँ, तपाईं मेरी क्रस हो, अनफलो पनि गर्न सक्दिन,’ एक प्रयोगकर्ताको कमेन्ट छ ।

पछिल्लो समय दिशा फिल्म ‘मंगल’ को तयारीमा व्यस्त छिन् । योसँगै उनी एकता कपूरको एक फिल्ममा पनि देखिनेछिन् ।