मुम्बई : नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको जोडी बलिउडमा सबैभन्दा पफेक्ट जोडी भएको चर्चा गरिन्छ । त्यसो त अनुष्का र विराट दुबै आआफ्नो क्षेत्रमा निकै व्यस्त दिनचर्या बिताइरहेका छन् ।

तर ती दुबैले एक अर्काको लागि व्यस्त सेड्युलका बाबजुद समय निकाल्छन् । हालै विराट अनुष्काका साथ इभनिङ शो फिल्म हेर्न पुगे, सोको तस्बीर उनले सामाजिक सञ्जालमा पोष्ट गरे । तस्विरको क्याप्सनमा उनले लेखेका छन्, ‘पछिल्लो रात, फिल्म यी हटीका साथ ।’ यो तस्विर निकै भाइरल भइरहेको छ । बंगलादेशसँगको खेल सकिएपछि विराट अनुष्काका साथ समय विताइरहेका छन् । हालै विराट आफ्नो जन्मदिन मनाउन अनुष्काका साथ भुटान गएका थिए ।