झापा: दमक ७ स्थित पञ्चमुखी टोलका भूमिहिन सुकुम्बासीहरुलाई वडा कार्यालयले उठिवास गराउन खोजेको भन्दै अखिल नेपाल सुकुबासी संघले आपत्ति जनाएको छ ।
संघको एक नम्बर प्रदेश समितिले दमक नगरपालिकाको ध्यानाकर्षण गराउदै आज ज्ञापन पत्र बुझाइएको संयोजक डिवी सुव्वाले बताए । पूर्व माओवादी केन्द्रको भातृ संगठनका रुपमा रहेको सो संघले बुझाएको ज्ञापनपत्रमा २०२१ सालमा राजमार्गको नाममा नापी सर्भे भई पछि राजमार्ग दक्षिण तर्फ सर्दा रतुवा पुल निर्माण सकेको उक्त खाली ऐलानी जग्गामा २०५७ सालदेखि भूमिहिन २१ घरपरिवार बसोवास गरिआएको र हाल आएर वडा कार्यालयले जग्गा खाली गर्न भनेर दिदै आएको चेतावनीले स्थानीयहरु त्रसित हुनुपरेको उल्लेख छ ।
भूमिहिन तथा अव्यवस्थित बसोवासको समस्या हल गर्न भूमि सम्बन्धी आठौ शंसोधन विधेयक पारित गरि विधेयक लागू गर्न सरकार अघि बढिरहेको अवस्थामा स्थानीय सरकारले भने विधेयक विपरीत यहाँ भने भूमिहिनहरुलाई उठिबाँस गर्न उद्धत भएको संघको ध्यानाकर्षण पत्रमा जनाईएको छ । अध्यक्ष सुब्बा र सचिव धनराज गिरीद्धारा हस्ताक्षारित पत्रमा नगरपालिकाले विना सूचना पञ्चमुखी टोलका भूमिहिनहरुलाई वडाध्यक्ष भिम पौडेलले खाली नगरे डोजर लगाएर भत्काई दिने भन्दै त्रसित गराउदै आएकाले त्यस्तो हेपाहा प्रवृति तुरुन्त वन्द गर्न समेत माग गरिएको उल्लेख गरिएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        