काठमाडौं : मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड २०१९ को मल्टिमिडिया अवार्ड जितेकी छन् । अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन् । उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन् ।

यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन् । उक्त अवार्ड जितेर ११२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ उनी टप ४० मा परेकी थिइन् । नेपालले भोटिङमा सबैभन्दा बढी मत पाएमा सीधै टप २० मा प्रवेश गर्नेछ । त्यसको लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ ।

१४ डिसेम्बरमा मिस वल्र्डको ६९ औं मिस वल्र्डको ताजका लागि लण्डनस्थित एक्सेल हलमा प्रतियोगिता हुदैंछ । अघिल्लो वर्ष २०१८ मा तत्कालिन मिस नेपाल शृखला खतिवडाले पनि यो अवार्ड जितेकी थिइन् ।